प्रेमको माला पहिराइदिएँ
सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो यो
संगाली राख यसलाई
तिमी मेरो जीवनको उज्यालो हौ
म सधैं तिम्रो साथ रहन्छु
सुखमा पनि दुखमा पनि
एउटै भाव म पोखिरहन्छु
मायाको बन्धनले बाँधिदिएँ
दुई दिनको साहरा हैन
पवित्र सिंदूर छरिदिएँ
तृष्णामा मुछिएको माया हैन
शब्द - नीर शाह
स्वर - नारायण गोपाला
संगीत - सी के रसाइली
एल्बम - प्रेमको माला