भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दिलको बदनाम लिएर / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:48, 31 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आएथेँ तिम्रो शहर प्रेमको सरदाम लिएर
फर्किँदै छु वेदना र दिलको बदनाम लिएर
 
बेईमान, निष्ठुरी, निर्दयी, सन्की, पागल, बौलाहा
धेरै भए, के गर्नु मैले, यत्रा इनाम लिएर
 
तिमी प्रतिको प्रेम मेरो कसै गरे पनि घट्दैन
तिमीले नै मारे पनि, मर्छु तिम्रै नाम लिएर
 
हृदय मेरो मरिगयो तिम्रै निष्ठुरताको शीतले
के आउँछ्यौ अब फकाउन चिसो मनको घाम लिएर
 
केही गर्नै नदिई फर्कायो जीवनबाट प्रीतले
खटाइएको थिएँ म यहाँ हजारौँ काम लिएर
 
रचेको थिएँ जसको लागि सुन्ने छैन उसले
कहाँ जाऊँ अब म, मेरा गजलको गोदाम लिएर
 
थिएन अनुभव जिन्दगीको यस्तै भयो यसपल्ट
फेरि आएँ भने जानेछु म कुनै सुनाम लिएर
 
मन त मर्यान थियो ज्यूँदो छस् तँ कसरी सुमन !
वा जाँदैछस् यी पलहरूलाई तेरो मलाम लिएर ?