भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मन आन्दोलन / निमेष निखिल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:38, 4 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=निमेष निखिल |अनुवादक= |संग्रह= मनह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


 
विपन्न मनस्थिति च्यापेर
आर्त अलाप्दै छन् मनहरू
सलहको एकछत्र शासनमा
सोत्तर भएका छन् खेतहरू
आँखाले आँसु ओकल्न अस्वीकार गरेको परिवेशमा
केही मान्छेहरू घर सल्काएर हात सेक्न खोज्दै छन्
म अजङको एउटा ढुङ्गा फुटाउँदै छु
हेरौँ दैव भेटिन्छ कि।
 
शान्तिका नाममा
जोडी परेवा उडाएपछि मान्छे
बन्दुकमा बारुद भरिरहेछ
इतिहास अनुहारहरूलाई
शान्तिका मर्मज्ञको लेपन लगाइरहेछ धमाधम
त्रस्त छन् निर्वाध बास्न नपाएका भालेहरू
बेरोकटोक चर्न नपाएका खसीबोकाहरू।
 
भत्केका मनहरू जोड्नु छ अब
विषादका बोटहरू उखेल्नु छ अब
हामी एउटा आन्दोलनमा लागेका छौँ आज
भावनाहरूको सेतु जोड्ने आन्दोलन
प्रेम र भ्रातृत्वको सञ्चार गर्ने आन्दोलन
एउटा भिन्दै आन्दोलन
मन आन्दोलन।