Last modified on 7 जून 2017, at 19:31

शुभकामना खाली खाली / नोर्देन रुम्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:31, 7 जून 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

शुभकामना खाली खाली दिनेलाई दानी भनेर
जाँदैछु लिएर आँचलभरि मायाको निशानी भनेर
 
पाप-धर्म कसको कति त्यो निसाफ तिमीले गर्नु
मायाको विश्वास ठूलो सानो सब माफ गर्नु
खुशी तिम्रो फर्काउन पनि म रोएर आज जादैछु
कुल्चे हुन्छ मेरो आँसुलाई अब मैला पानी भनेर

तिम्रो विश्वास पाउन म कति शूलीमा चढेँ
पहिरो गएर छातिमा आज मूलबाटोमा लडेँ
जित्नु केही थिएन हारेर आज जाँदैछु
घाम-छायाँको खेल हो यो जिन्दगानी भनेर

रचना : नोर्देन रुम्बा
स्वर : दावा ग्याल्मो
संगीत : बद्री दुर्गा खरेल