Last modified on 23 जून 2017, at 08:16

एउटै यो मनलाई / सुरेन्द्र राना

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:16, 23 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुरेन्द्र राना |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)



एउटै यो मनलाई, दुःखाउनेहरू धेरै हुन्छन्
हँसाउनेहरू कोही कोही रुवाउनेहरू धेरै हुन्छन्

कति अन्यौल छन् यहाँ जिन्दगीका मोडहरू
बाटो देखाउने कोही कोही भुलाउनेहरू धेरै हुन्छन्

पल पलमा बग्दछन् आँसुका भेलहरू
किनारा लगाउने कोही कोही डुबाउनेहरू धेरै हुन्छन्

लागेका छन् धेरै छातीभरि चोटहरू
कठै ! भन्ने कोही कोही रमाउनेहरु धेरै हुन्छन् ।