Last modified on 24 जून 2017, at 22:53

सफल तिम्रो त्यो जिन्दगीलाई / सुनील थापा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:53, 24 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुनील थापा |अनुवादक= |संग्रह= }} {{KKCatG...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सफल तिम्रो त्यो जिन्दगीलाई
यो दु:खीको बधाई छ
परिवर्तन भयौ के कारण तिमी
यही नै मेरो सोधाइ छ

अधिकार मेरो केही छैन अब
ढुकढुकी तिम्रो फेरि सुन्ने
वेवारिस लास भएँ म
कोही छैन मलाई आफ्नो भन्ने

उपहार मेरो सिन्दुर तिमीलाई
पराइ हातले दिनेछ
सजियौ तिमी पोतेहरूले
मेरो जीवनको माला छिनेछ