भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अन्तिम कविता / विनोद गौचन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:11, 29 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विनोद गौचन |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


म कसको कविता लेखूँ ?
नाम्लोले थाप्लो खाएको
धादिङको भरियाको कविता लेखूँ कि

जमिन्दारबाट सताइएको
धनगढीको कमैयाको कविता लेखूँ ?
म कसको कविता लेखूँ ?
दैलेखमा ढुङ्गे पहरा फोर्ने
ज्यामीको कविता लेखूँ कि
कर्णाली वगरमा गिट्टी कुट्ने
सुत्केरी आमाको कविता लेखूँ ?

म कसको कविता लेखूँ ?
स्याङ्जा पुतलीबजारमा
सुन्तला बेच्ने विधुवाको कविता लेखूँ कि

जुम्ला खलङ्गामा माग्न बस्ने
टुहुराको कविता लेखूँ ?
म कसको कविता लेखूँ ?
मेरो कविताले कसैको दुःख बुझ्दैन भने
मेरो कविताले कसैको आँसु पुछ्दैन भने
व्यर्थै म किन कविता लेखूँ ?
म आफूमात्र अघाएर किन धोकाको कविता लेखूँ ?

आफूमात्र लगाएर
किन नाङ्गाका कविता लेखूँ ?
जेजति कविता लेखेँ, लाग्छ, अन्जानमै लेखेँ
जे जस्ता कविता लेखेँ, लाग्छ अज्ञानमै लेखेँ
अब उप्रान्त
म कविता लेख्दिनँ, यही नै हुनेछ मेरो अन्तिम कविता ।