Last modified on 29 जून 2017, at 19:40

आँखामा केही आस थियो / धनेन्द्र विमल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:40, 29 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=धनेन्द्र विमल |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


आँखामा केही आस थियो मुटुमा केही सास थियो
सायद तिमीले पर्खनुमा पर्खाइको कुनै रस थियो

सपनापछि सपना देख्ने निरन्तर यही क्रम रह्यो
मैले माया लाएँ कि लाइन मनमा सधैं भ्रम भयो
शीशिरपछि आउने बसन्त नै बहारमा कुनै रहस्य थियो
सायदमा तिमीले पर्खनुमा पर्खाइको कुनै रस थियो

पिउँदा पिउँदै बेहोस हुने जीवनको एउटा हार भो
रहरपछि विश्वास लिएँ सृष्टिको यही भूल भो
कहिले हाँस्ने कहिले रुने बादल आफ्नै रहस्य थियो
सायदमा तिमीले पर्खनुमा पर्खाइको कुनै रस थियो

शब्द – धनेन्द्र विमल
स्वर – भक्तराज आचार्य
संगीत – शीला बहादुर मोक्तान
एल्बम – हजार सपना