Last modified on 29 जून 2017, at 21:44

यहाँ देशको छ चिन्ता / कृष्णहरि बराल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:44, 29 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कृष्णहरि बराल |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


यहाँ देशको छ चिन्ता
तिमी माया माया भन्छ्यौ
साँचै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छ्यौ

तिम्रौ सुरक्षा गर्न गार्हो छ यहाँ मलाई
तिमी धर्ती छोडी माथि आकाशका तारा गन्छ्यौ
साँचै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छ्यौ

भोलिका सन्ततीको आधार खोज्दै छु म
आधार नै हराए तिमी कहाँ रहन्छ्यौ
साँचै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छ्यौ

शब्द – कृष्णहरि बराल
सङ्गीत – सुरेश गैरे
स्वर – दीपक लिम्बु