Last modified on 1 जुलाई 2017, at 21:00

जीवन: एक दृष्टि / हरिभक्त कटुवाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:00, 1 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


घरि घरि हावा भरिरहनु पर्ने
पङ्कचर भएको-
बाइस्कलको ट्यूब जस्तो यो जीवन
कति टिठलाग्दो छ !
टाल्यो- उप्किन्छ
उप्किन्छ- टाल्यो
टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ
र पनि नटाली धर छैन
नगुडी चक्कालाई सुख छैन !
गुड्दा गुड्दै जब असंख्य भ्वाङ पर्छन्
टाल्नै नसकिने- ट्युबमा
अनि फेकिन्छ निर्दयतापूर्वक
डष्टबिनमा वा कुनै नालीमा ।
घरि घरि हावा भरिरहनु पर्ने
पङ्कचर भएको-
बाइस्कलको ट्यूव जस्तो यो जीवन
कति टिठ्लाग्दो छ !!