भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रहरलाग्दो वाली / सविता गौतम दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:10, 5 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


यो सम्मान, यो सुखानुभूति
तिमीले रोपेका विरुवाको मीठो फल
अभावमा पनि जसैतसै सारेका
फुलका विरुवाहरुले छरेको सुमधुर सुगन्ध
सारा फुलवारीलाइ ओतमा राखेर
सधैं सधैं भिज्ने र प्रचण्ड ताप रोक्ने
छाता बनेका तिमी ।

निरन्तरको मेहनती, अथक परिश्रमी
तिम्रा शब्दहरुको अंगालोमा वाधिनुको आनन्द
तिम्रो आभाको कल्पनामा हराउनुको यात्रा
सधैं सधैं यात्रु बनिरहूँ जस्तो
तिम्रो प्रथम स्पर्शको अनुभूति
सधैं सधैं भइरहोस जस्तो ।

यो उज्यालो, यो चमक
तिमीले बालेको बत्तीकै हो
यो हरियाली, यो गालाको लाली
तिमीले ल्याएको वसन्तकै हो
यो रहर लाग्दो बाली,
तिमीले जोडेको दुइ टुक्रा माटाकै हो।

यी भविस्य कोर्ने कलम र कापी
तिमीले दिएको अनुपम उपहार
वाहिरबाट अत्यन्त कठोर
भित्रचाहिं अत्यन्तै सरल
नरियलको पानी जस्तै तरल
अनि गुदीमmै स्वेत ।

यो सोह्र सिंगार, दशैं तिहार
तिम्रै मुस्कान पाउन हो
यो जीवनको हरेक प्रहर, हरेक रहर
तिम्रै निम्ति हो
तिमीबाट शुरु, तिमीमै अन्त्य
यो दियो तिम्रै घरको हो।