कुवेला / सविता गौतम दाहाल
झस्कीएर व्यूँझदा
तानेर ओढें जीवनमोह
सम्पुर्ण समाप्तिका केही
विम्व प्रतिक
ठिङग उभिएको उभियै
आङ्खनै अगाडि आत्मसमर्पणमा
उचालेर हात
छाम्दा केही थिएन ।
आकृति हो या चित्र हो
या भोगेको या
पुगेको सत्य
कण कणबाट विनास चियाई रहँदा
आमा गुमाउन लागेका वालकको
मायाले मलाई सचेत गराएको हुनसक्छ ।
त्यतिवेलै,
थुप्रिएर बसेका फोहरहरु
आवाज निकाल्दै
निकासको साँघुरो प्वालबाट
निर्वाध ओर्ली रहे ।
किन किन कुवेलामा
नहुने नहुने भयो झैं लागिरह्यो
सम्झीरहें
दृष्यहरु
वस्तुहरु
आकृतिमा अभिष्टहरु
अनिष्टहरुको संकेत ।
पछिपछि स्मृतिमा एउटा
मानवीय मन
प्रमुख पात्र भएर त्यहि उभिएको सम्झे
हठात्
मनभित्रका सम्पुर्ण गा“ठा फुकेर
सजिलै डोरी वने ।
कुवेलाको यो प्रकोपमा
एउटा दरिलो आस्था छ
जस्लाई दरो गरि समाउन सके
आङ्खनै जीवनमोह ओढ्न सक्छु
ओछ्याउन सक्छु
कुवेलाका भीषण आँधीहरु
क्षतिहरुमा टिकीरहन सक्छु
भावी आधारलाई
संभावनालाई
दरोसँग टिकाइरहन सक्छु ।