Last modified on 5 जुलाई 2017, at 15:55

पिरतीको अर्को कथा / सविता गौतम दाहाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:55, 5 जुलाई 2017 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)



चमेली मगमगाउने आंखाको तेज
संगीतमय भाकाको मीठो ताल
सुटुक्क कोसेलीमा दिएका थियौ
नहेरी मैले राखेकी थिए ।

उत्पात भीडमा पनि
खुसुक्क सुनाएका थियौ पिरतीको गजल
गुनगुनाएका थियौ मेरो यादमा रचेको गीत
नयनले तिमीलाइ बुझेको कुरा
मनलाइ सुनाएको रैछ
मुस्कान छरेर दिएको शुभ संकेत
ह्दयले एक कुनामा लुकाएको रैछ ।

हिजो मात्र मैले पाए
पहाड उक्लदा देउरालीमा लेखेको चिठी
सकुशल गन्तब्य पुगेको खबर
एकमुष्ठ हिजै पाए ।

न रात बित्छ न दिन
तिम्रै संझनाले सिंगारिन्छु र हेर्छु ऐना
मेरा शब्द ढुंगाझैं तिमीलाइ प्रतिबिम्बित भएको दिन
तिमीले मेरो सांगितिक ऐना नचर्काउनु ।

आफै तारहरु चुडाएर
मभित्रको गितार र सितार
चुपचाप बुइंगलमा पुग्नेछन
जीवनका उज्यालाहरु दिनमै रात ओढनेछन
र निदाउनेछ पिरतीको अर्को कथा ।

हो म तिम्रो आँखामा दुखेको दिन
औंशी ओछयाएर कालजयी हनेछु
परपरको पूर्णिमा पछयाउदै ।