भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सम्भावना / सविता गौतम दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:02, 5 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


युगौं पहिले
यसरीनै संझनाहरु
वस्तविकताहरु
ढुकढुकिहरु,
खुलदुलिहरु
यथार्थहरु
साँचो मनका प्रमाणहरु

लामो यात्रागरि
प्रेषककै ठेगानामा
जस्ताको तस्तै
फर्किएको त्यो क्षण
आज हुवहु दोहोरियो ।

फरक यति छ
उतिवेला पुगेर र्फकन
महिनौ लागेको थियो आज
पलभरमै फर्कियो ।

आशलाग्छ
सायद नमरुन्जेल लागि रहला,
लागि नै रहला
वल्ल वल्ल फेला पारेको
विगतको ठेगाना फेरिएथ्यो ।
थाहै नपाएरै एक युग वितेथ्यो ।

पटकौको प्रयाशले नयां ठेगाना
फेला पारेको
आज थाहा भयो
त्यो पनि फेरिएछ
छैन अव नयाँ ठेगाना
हुनसक्छ अवको यो युगभित्रै
इश्वरले भूतुक्कै माया गरेर
आफनो वनाउलान ।

विगत र वर्तमानमा भौतारिएको एउटा तृष्णा
तिमीलाई भुलाउननै
उनले औधी प्रेम गर्लान
प्रेमको भोकमा रनथनिएको
एउटा प्रेमी, त्यसको समुद्रमा
सम्मीलित हुने
पूर्ण संभावना छ ।