युद्धले राकिन्न जीवनको रचना / ज्योति जङ्गल
रोकिदैंन,
जस्तै युद्धग्रस्त आकासमुनि पनि
जीवनको गति
एकैछिन् रोकिदैंन।
अनुहारको चमक
बगाइदिन्छ आसुका तप्काहरुले
तर प्रार्थना हुन्छ खुशीकै
र जीवनको गीत बज्न थाल्छ।
उज्यालो स्वयं आतंकित लाग्छ,
तर बिर्सदैन मान्छे
बाटो पछ्याउन,
त्यसो त युद्ध खुद जीवनसँग पनि हुन्छ।
भयानक रातहरु
विहान पर्खिएका आशा बन्छन््,
रक्तसूर्य सगै व्युझएपनि
क्षितिजलाई हेरेर
लामो सासको मल्हम लगाउँछन्
त्यहींबाट जीवनको सङ्गीत बन्न थाल्छ।
सधै डराउदै,
आमा स्कुल पठाउँछिन् नानीलाई
आकाशमा बादल मात्रै गर्जिदैन
जतिखेर पनि झरी पर्न सक्छ बारुदको,
तर
बाधेको मन
भविष्यको बाटो भएर भाग्दै जान्छ,
हात राख्छिन् आमाले छातीमा,
त्यहा ढुकढुकीमा
एउटा गीत गुन्जिरहेको हुन्छ
कर्मको गीत
आजसम्म कर्म रोक्ने बाधा बनेको छैन संसारमा,
म सुन्छु,
यसै गीतमा
जीवनको रचना भइरहेको हुन्छ।