अनुरोध / ज्योति जङ्गल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:10, 6 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्योति जङ्गल |अनुवादक= |संग्रह=मु...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

 

शत्रुतामा
सिर्फ शत्रु हुनू,
मित्रले निर्वाह गरेको दुश्मनी
स्वयं विजयको लाज हो।
 
फूल च्यातेर रङ मर्दैन
धूवाले आकाश भरिदैंन
श्राप पनि आशिर्वाद हुनथाल्छ
सत्य सहनेेको धैर्यमा,
 
ईर्ष्याले शिकार गरेपछि
विभत्स भत्कन्छ मानव सिमाना
हिर्काउँनै छ त
छाती अगाडि बलले हान्नू
हतियार देखाउनु
र आखैमा हान्नू।
 
ढले शीर भुइमा ढल्ला
भ्याए हातले जोगाउलान्
परास्त हुनेलाई
जुधेर हार्नुमा न्याय हुन्छ
हारेकै थाहा नपाउनेगरी
गर्धन पछाडि
काटी नढाल्नू।
 
युद्धको न्युनतम धर्म
प्रतिद्वन्दीको परिचय हो,
 
साथी !
कि सिर्फ साथी हुनु
नसके
सिर्फ शत्रु हुनू,
स्वयं युद्ध लजाउनेगरी
काचुली फेरेर नलड्नू
 
हृदयको नजीकमा
शत्रुजस्तो साथीलाई
म बद्ला मिसाएर प्रेम गर्न जान्दिनँ।
 

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.