भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म आत्महत्या गर्दिनँ / ज्योति जङ्गल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:11, 6 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्योति जङ्गल |अनुवादक= |संग्रह=मु...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज



आकाशलाई जितेर
कुनाकुना बगिरहेको बतासले
रगतका छिर्काहरु बोकी
हारेर जम्नेछ,
इन्द्रेणीका रङहरुमा
मात्रै एउटा रङ हुनेछ
मेरो रगतको, मेरो विघातको,
मलाई अनन्त समयसम्म
यी साधकहरु बचाउनु छ
यो ब्रम्हाडको सौन्दर्य
फगत जिउनुमा अडेको छ,
त्यसैले म आत्महत्या गर्दिन।
 
 
यी आखाले
मलाई आमा चिनाएका छन्,
यात्रामा आजसम्म
यहि जिन्दगी
कुद्दै उफ्रदै लड्दै उठ्दै
हास्दै रुदै
सगसगै त आएको छ,
यो नआएदेखि
तिम्रो सपनाको प्रचेष्टा
कहा जन्मन्थ्यो ? कहा मर्थ्यो ?
यो चेतन स्वर्ग
कुन अध्यारोले भोग्थ्यो ?
 
मृत्यु त
सामना गरेपछि डराउछ,
या ऊ
मुक्तिको अनिवार्य हार हो
आफैं खुल्छ,
 
 
चिरेर चलिरहेको नशा
निचोरेर शिरस्थ गर्दन
निलेर विषैलो जलन
छि ! मृत्युको किन अपमान गर्नु ?
 
उसको श्रद्धेय आगमनसम्म
यो सृष्टिको चादनी पिइरहन्छु म
दागसमेत औंशीसमेत !
 
यो अतृप्ति नै अगाध न्यायिक छ,
म प्राणलाई अन्याय गर्दिन,
म आत्महत्या गर्दिन।