भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आधार / हरिभक्त कटुवाल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:18, 7 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)
आकाश छुन म दुई हात उचाल्छु
हावाको वेगले हात नुहाइदिन्छ
म फेरि मुट्ठी बाँधी उफ्रिन्छु
तर, दुई खुट्टाको आधार हराउँछ
त्यसैले -
अचेल मलाई राम्रो लाग्छ
यही धरतीको बलियो आधार ।