Last modified on 8 जुलाई 2017, at 11:48

कुनै दिन पहाडमा बस्तु हेर्न गा'को / सिँहबहादुर बस्न्यात


प्रेमको माला पहिराइदिएँ
सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो यो
संगाली राख यसलाई

तिमी मेरो जीवनको उज्यालो हौ
म सधैं तिम्रो साथ रहन्छु
सुखमा पनि दुखमा पनि
एउटै भाव म पोखिरहन्छु

मायाको बन्धनले बाँधिदिएँ
दुई दिनको साहरा हैन
पवित्र सिंदूर छरिदिएँ
तृष्णामा मुछिएको माया हैन

शब्द - नीर शाह
स्वर - नारायण गोपाला
संगीत - सी के रसाइली
एल्बम - प्रेमको माला