Last modified on 8 जुलाई 2017, at 12:53

कुनै दिन पहाडमा बस्तु हेर्न गा'को / सिँहबहादुर बस्न्यात

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:53, 8 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कुनै दिन पहाडमा बस्तु हेर्न गा'को
सन्जोगले हामी दुईको भेट त्यहाँ भा'को

बिना तिथि बिना बार बिना लगन दिनमा
माया प्रिती बस्न गयो हाम्रो केहि छिनमा

पञ्चे बाजा बरियात केही चासो छैन
तिमी बाहेक हृदयले खोजेको केही छैन

कुनै दिन पहाडमा बस्तु हेर्न गा'को
सन्जोगले हामी दुईको भेट त्यहाँ भा'को

चाहिएन मलाई कुनै सुन चुरी बाला
शरीरमा लगाउने मखमली ताला

हृदयमा हृदयको साट्यो अमर छाया
दुबो सरी अमर भयो हाम्रो प्रिती माया

कुनै दिन पहाडमा बस्तु हेर्न गा'को
सन्जोगले हामी दुईको भेट त्यहाँ भा'को
......................
स्वर - माला सिन्हा
संङ्गीत - नातिकाजी