भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पापी मन / दिलिप योन्जन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:38, 9 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिलिप योन्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


जे गरे नि नबुझ्ने, कस्तो पापी मन
एक्लै कति बाँचु प्रिय, तिमी आफै भन।

साँझ बस्दा बिहान हुन्छ, निद लग्यो खै के ले
दुख्दछ मुटु भक्कानो फुटी, त्यो तिम्रो मायाले
काहाँ बसी फेरु श्वास मैले, निशासिन्छु झन झन ।
एक्लै कति बाँचु प्रिय, तड्पाई आफ्नै मन।

पल पल टाल्छु च्यातिने छाती, त्यो तिम्रो यादैमा
पिएर नशा मेटिन्न तिर्खा, त्यो तिम्रो प्यासैमा
परेली पुच्छ्दा तरेली पोल्छ,जल्दिदा भित्री तन
एक्लै कति ,बाँचु प्रिय, रुवाई आफ्नै मन।