एउटै बाटो सधैं भेटघाट भइरहँदा
मुस्कानहरु साटिएछन् देखिरहँदा
कुन बिन्दुमा मन भूले पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन
कहिले घूईँचो कहिले हल्ला कहिले एकान्त
कहिले खुसी कहिले सुर्ता कहिले अशान्त
बाँड्दा बाँड्दै एक अर्कामा संकोच रहेन
यस्तै गरी कहाँ मिल्यौं थाहै भएन
भीडले एक्लो पार्दा पार्दै नजीक भएछौं
सायद विश्वास खोज्दा खोज्दै आफ्नो भएछौं
तिमीसित भेटेपछि पीरै रहेन
कति छिटो खुसी झुले थाहै भएन