त्यो माग्ने / सानुमति राई
"बाजे ! कहाँ बस्छौ तिमी ! "
यही थियो जिज्ञासा मेरो युद्ध मागने प्रति,
ञजसका दुःखी निधार र अनुहारमा
दुःखै-दुखैका अगणित रेखांकितले
दिइरहेथे सूचना
निकट-भावी मृत्युको !
"भिखारीको पनि" भन्न थाल्यो त्यो,
"घर हुन्छ, नानी !
जसका आँगनमा रात बित्दो छ, त्यही मेरो घर,
जसको ढोकामा उभिन्छु, त्यही हुन्छ मेरो द्वार,
सुत्छु राती तारा गन्दै खुला आँगनमा अर्काकाो,
आफ्नै घर ठानी !
उभिन्छु यो पैट भर्नाखातिर आर्काकाो ढोकामा,
आफ्नै घरको ढोका मानी !"
'के शान्ति छ तिमीलाई,
त्यस्ता घरमा ?
'शान्ति ? छ अवश्य सन्तोष !
आफ्नो औकात-अनुहार !
राती-सुन्छु कहिले फटकार, अनि
बनको बिरालो भई उठेर जान्छु अरुतिर !
दिउंसो-कहिले खान्छु हप्काइ; तै पनि,
सहृदय वृद्ध भै छोड्छु आशीष दिई त्यसलाई ।'
"आफ्नो त्यस्तो अवस्था प्रति के कहिल्यै
उठ्दैन ति्म्रो मनमा दया ?"
भन्यो त्यसले सुस्केरासित,
"दया ?"
दया गर्छ अरुले,
गर्दैन माग्नेले माग्नेलाई !
गर्दो हो माग्नेले दया माग्नेलाई त
जान्थ्यो किन अरुका द्वार !"
"केही सम्पत्ति छ -?"
"छन् सम्पत्ति मेरो
हुनुपर्छ जत्ति माग्नेको ।
एउटा ठूलो छ थैलो आशाको,
छ एउटा लठ्ठी बुढेस्कालको,
र यो जीर्ण काया र रह्को शेष प्राण ।"
धृष्टता थियो यो तै पनि मैले सोधे
"कसरी भयौ तिमी माग्ने, बाजे !"
"अब काल-गतिले
भकुर्यो र हान्यो लात दुर्दिनको,
मुखमा ! ........................... षामा
दरिद्रताको छाती र कंगालपनाका
जब रोएँ, कराएँ, पछारिएर
अनि दुर्दिनको लात ।
बज्र्यो ममाथि अझ जोडको ।
उठ्न सकिन, तर पछि उठेछु ......
अनि बनें म माग्ने ।
छट्पटाएँ म निश्चय, रोएँ - कराएँ म अवश्य,
दुःख नै रोयो दुःख देखेर मेरो ।
तर पग्लेन, नानी ।
भाग्यमा लेखिएका अक्षर ती ढुङ्गाका !"
"लागेन लाज माग्न जाँदा ?"
"लाज ! लाग्यो लाज अवश्य !!
तर जब पेटको ज्वालाले
लाज मान्न बिर्स्यो,
जब शरीरका अंग-प्रत्यंगले
लाजै मान्न छाड्यो,
अनि लाज आफैं पच्यो !!
...................................
...................................
............. सार्छु म पाइला डराई-डराई
......................................
.....................................
.............................
.....................छैन कोही यो संसारमा !
........................... नै केवल ---
..............................।
........................... केवल यो दिन देख्नलाई
............................. देखाउन यो दिन अरुलाई !
......................... दियो निभाई
... दुई छोरासित अन्धकारमा आफैं अन्धकार भै !
तर छोडे ती दुइले पनि मलाई
अनि आँखा नै धमिलिए,
पर्यो लोती आँखामानि -
अनुहार सबै चाउरियो - चल्न छाडे अंगले,
निराशामा माग्ने बनायो आशाले !
अनि बोलाएँ भगवान्लाई !!
अब केवल नजिक छ एउटै कुटुम्ब,
साइनो छ मृत्यु भनेर त्योसित !
बोलाइरहेछु उसलाई केवल,
लैजाओस् उसैले यो सागर तारेर !"
भिक्षा-प्राप्तिमा, अनि त्यसका अन्तरबाछै निस्क्यो,
"भलो होस् तिम्रो ! "
त्यो उडेर हिंड्यो ।
त्यसको अन्तिम वाक्य पनि
ढुङ्गा खसेको पानीको छाल भई
अकासिंदै विलीन भयो !
अनि फेरि मैले पुनः मौनभाषामा
सोधें,
"बाजे, कहाँ जान्छौ तिमी ? "
('पद्य-संग्रह' बाट)