Last modified on 13 जुलाई 2017, at 22:21

खुसी छु म आज तिमीभन्दा धेरै / दिनेश अधिकारी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:21, 13 जुलाई 2017 का अवतरण

खुसी छु म आज तिमीभन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै

हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ
कोसँग म हिषु कोसँग रमाऊँ
तिमीलाई भेट्दा हरायो बिरानी
तिमी हौ कि सायद मेरो पुग्ने ठाउँ

जति छन सिमाना सबलाई मेटुँ
म आँखा उघार्दा तिमीलाई देखुँ
तिमी अर्चना हौ मेरो जिन्दगीको
म चाहन्छु प्रीति तिमीमै समेटुँ