यो सम्झने मन छ म बिर्सूँ कसरी
तिमी नै भनिदेऊ ए जाने निष्ठुरी
यी औंला तिनै हुन तिमीले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्तिनँ आफ्नै प्रतिविम्व छोप्न
म सक्तिनँ छाती फुटाएर जोड्न
पखाले यी आँखा पनि दृष्य उही छ
जहाँ नै म हिँडे पनि धरती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु जूनको उज्यालो नै छेक्न