Last modified on 16 जुलाई 2017, at 08:24

आउन त तिमी आयौ / राजेश्वर रेग्मी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:24, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेश्वर रेग्मी |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


आउन त तिमी आयौ केही दिन अगाडि
यो मनलाई समायौ केही दिन अगाडि

शब्दहरु प्रशंसाका त्यसै अल्मलिए छन्
मीठा गीतहरु सुनायौ केही दिन अगाडि

खोज्न यी आँखाले तिमीलाई खोजेका हुन्
मलाई आफ्नो बनायौ केही दिन अगाडि

न भोक लाग्ने गर्छ न लाग्छ तिर्खा अचेल
मेरो खबर थाहा पायौ ? केही दिन अगाडि

निकाल्न नसक्ने बाध्यता म स्वीकार गर्छु
मुटुमा डेरा जमायौ केही दिन अगाडि