Last modified on 16 जुलाई 2017, at 09:20

फर्किन्न भन्लान् झण्डाहरु / राजेश्वर रेग्मी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:20, 16 जुलाई 2017 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=राजेश्वर रेग्मी |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


फर्किन्न भन्लान् झण्डाहरु नझुकाउनू भनिदिनू
परदेशी भयो भनेर मन नदुखाउनू भनिदिनु

‘अनुपमा’ शायद दुई जीउकी भएकी होलिन्
हाम्रो सम्बन्ध बुबा, मुमालाई नलुकाउनू भनिदिनू

हाँसिरहनू ओठ, कहिल्यै मनमा नराख्नू पीडा
मलाई सम्झदै बारम्बार नसु“क्सु“काउनू भनिदिनू

गुमाएर एउटालाई सहर कहाँ शून्य भइहाल्छ र ?
गाउनू निर्धक्क खुशीको गीत गुन्गुनाउनू भनिदिनू

दुर्घटनामा परिनँ भने निश्चय नै म फर्किहाल्छु
राख्नू, गुनासा र बह एल्यै नरित्याउनू भनिदिनू