Last modified on 16 जुलाई 2017, at 09:31

तिम्रो मायाले छाती / राजेश्वर रेग्मी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:31, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेश्वर रेग्मी |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)



तिम्रो मायाले छाती कहिल्यै भर्न सकिन
यस पटक पनि तिम्रा लागि मर्न सकिन

बाढी आउँदा हाम्रा मायाका खोलाहरुमा
तर्छु भन्थें सङ्कोचका ज“घार तर्न सकिन

आउँछु भन्थेऊ मेरो मुटुको बाटो हुँदै
बाटोभरि स्वागतको फूल छर्न सकिन

चोट लाग्लान् कोमल ती पाउहरुमा
तिमीलाई भेट्न ओरालीमा झर्न सकिन

सुनेंथेँ खाली छन् तिम्रा मनका कोठाहरु
सोच तिम्रो मनमा डेरा सर्न सकिन

मेघ गर्जेथ्यो यो मनको आकाशभरि
मन थियो, साउन बनी पर्न सकिन