किन यो एकनासको वह मसँग
पर– पर छ घ्यू र मह मसँग
अँध्यारै– अँध्यारोको माझमा छु
छैन जून टहटह मसँग
तिम्रो पीडाको के खबर मलाई
‘मनको वह कसैलाई नकह’ मसँग
कसैको पीर भो, नसुनाऊ आज
भरिएको छ दुवै गह मसँग
सुगन्ध छैन बगैंचामा पनि र त
फूल बिनाको ‘वाग’ लहलह मसँग