Last modified on 19 जुलाई 2017, at 10:59

किन लग्यौ आशा चुँडेर / माधव खनाल भावुक

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:59, 19 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= माधव खनाल भावुक |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


किन लग्यौ आशा चुंडेर !
मनको सास, दिलको प्यास,
भष्म भयो आफै उडेर ।

गीत सुुसेले सुन्दैन कोही,
आँसू छिछोले बुझ्दैन कोही ।
मनको प्यार, जीवन-भार,
लुकी सक्यो आफै थिचेर ।

रंग चढाए देखिन्न केही,
प्रीत बढाए पाइन्न केही ।
खुलेको धाप, थपेको राप,
सल्की सक्यो आफै डढेर ।

              ***