भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो सम्झिने मन छ / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:44, 23 जुलाई 2017 का अवतरण

यहाँ जाएँ: भ्रमण, खोज

यो सम्झने मन छ म बिर्सूँ कसोरी
तिमी नै भनिदेऊ ए जाने निठुरी

यी औंला तिनै हुन तिमीले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्तिनँ आफ्नै प्रतिविम्व छोप्न
म सक्तिनँ छाती फुटाएर जोड्न

पखाले यी आँखा पनि दृष्य उही छ
जहाँ नै म हिँडे पनि धरती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु जूनको उज्यालो नै छेक्न