भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सोचेजस्तो हुन्न जीवन / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:29, 23 जुलाई 2017 का अवतरण

यहाँ जाएँ: भ्रमण, खोज


सोचेजस्तो हुन्न जीवन
य दिनेश अधिकारी


सोचेजस्तो हुन्न जीवन
सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो, उस्तै हुन्छ
देखेजस्तो हुन्न जीवन

पीरहरू बटुलेर रोइरहुँजस्तो लाग्छ
खुसीहरू समेटेर हाँसिरहुँजस्तो लाग्छ
आँसु–आँसु हुन्न जीवन
खुसी–खुसी हुन्न जीवन
जस्तो भेट्यो, उस्तै हुन्छ
रोजेजस्तो हुन्न जीवन

घाम ताप्न पर्खी बस्यो, पानी उसै बर्सिदिन्छ
अँधेरोमै रमूँभन्दा उल्यालो पो सल्किदिन्छ
पानी पर्नु पनि जीवन
घाम लाग्नु पनि जीवन
यौटा रोज्यो, अर्कै मिल्छ
खोजेजस्तो हुन्न जीवन