Last modified on 23 जुलाई 2017, at 11:39

यो सम्झिने मन छ / दिनेश अधिकारी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:39, 23 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

        
यो सम्झिने मन छ, म बिर्सूं कसोरी ?
तिमी नै भनिदेऊ ! ए, जाने निठुरी

यी औँला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्तिनँ आफ्नै प्रतिबिम्ब छोप्न
म सक्तिनँ छाती फुटाएर जोड्न

पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यालो नै छेक्न