भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सुमन पोखरेल / परिचय

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:42, 24 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सुमन पोखरेल परिचय (नेपाली)

सुमन पोखरेल (अङ्ग्रेजी: Suman Pokhrel, जन्म सन् १९६७, सेप्टेम्बर २१ विक्रम सम्बत: २०२४, असोज ०५) नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू अन्तर्राष्ट्रिय स्तरमा अनुदित एवम् प्रकाशित छन् ।

सुमन पोखरेल एक महत्वपूर्ण दक्षिण एसियाली कविका रूपमा चिनिन्छन् । उनी सशक्त कोमल स्वरका कवि हुन् । उनी आफ्ना पाठकलाई काव्यात्मक चमत्कारले उठाएर नयाँ उचाइमा पुर्‍याउँछन् र जीवनका आम विषयवस्तु प्रति संवेदनशील हुनलाई वाध्य पार्दछन् । उनका कविताहरू जीवन र जगतका अनेक विचित्रताहरू बीच छिर्दछन् र तिनका लुकेका पक्षहरूको उद्घाटन गर्दछन् । उनका शब्द चयनको खेलले पाठकको मष्तिस्कमा मायवी चित्रहरू कोरिदिन्छन् । पोखरेलका गीतहरू सांगीतिक तथा काव्यिक विशेषताका कारणले विशिष्ट मानिन्छन् ।

आफ्ना मौलिक रचना तथा अनुवादका माध्यमबाट साहित्यमा पुर्‍याएको योगदानका लागि उनी सन् २०१३ तथा सन् २०१५ को सार्क साहित्य पुरस्कारद्वारा विभूषित भएका छन् । सो पुरस्कार दुई पटक प्राप्त गर्ने उनी एक मात्र कवि\लेखक हुन् ।

सुमन पोखरेलको जन्म वि.सं. २०२४ असोज ५ गते, तदनुसार सन् १९६७ सेप्टेम्बर २१ मा मिल्स एरिया, विराटनगरमा पिता मुकुन्दप्रसाद पोखरेल तथा माता भक्तादेवीको कोखबाट भएको हो ।

कवि सुमन पोखरेल पाँच वर्षको उमेरसम्म विराटनगरको बाल मन्दिरमा प्रारम्भिक बालविकासका लागि भर्ना भए । सात वर्षको उमेरदेखि पुर्खौली थलो धनकुटा जिल्लाको कचिडेमा हजुरआमाको रेखदेखमा उनको पालनपोषण भएको हो । उनका हजुरबुबा विद्यानाथ पोखरेल एक कवि तथा राजनितिज्ञ रहेका हुनाले नेपाली, हिन्दी तथा पौराणिक संस्कृत साहित्यले भरिभराउ हजुरबुबाको पुस्तकालयको कारण उनी सानै उमेरदेखि नै साहित्यसँग परिचित भए । बाह्र वर्षको उमेरमा उनी पुनः विराटनगर फर्केर आफ्ना आमाबाबुको साथमा रहन थाले । उनका आमाबाबु दुबै अत्यन्त अध्ययनशिल भएका हुनाले पोखरेललाई घरको वातावरणले नै अध्ययन र साहित्यतिर आकर्षित गर्‍यो ।

पोखरेलले त्रिभुवन विश्वविद्यालय, नेपालबाट बी.एस्सी., एम.बी.ए. र बी.एल को उपाधी हासिल गरेका छन् ।

पोखरेलका कविताका अङ्ग्रेजी अनुवादहरू स्नो जेवल, लाइफ एण्ड लिजेन्ड, सङ् वी शेयर, स्वीट एण्ड सावर ड्रीम्स, ग्लोबल पोयट्री, लर्निङ एण्ड क्रिएटिभिटी, ग्रे स्प्यारो, प्राच्य रिभ्यू, क्यालिफोर्निया क्वाटर्ली, एसियन सिग्नेचरलगायतका विभिन्न अन्तर्राष्ट्रीय साहित्यिक पत्रिकाहरूमा प्रकाशित छन् । कवि पोखरेलले सार्क साहित्य सम्मेलन, सार्क चार्टर दिवस तथा अन्य विभिन्न अन्तर्राष्ट्रीय सङ्गोष्ठीहरूमा नेपाल आफ्ना रचना प्रस्तुत गरेका छन् ।

महाभारतकी पात्र द्रौपदीमा आधारित ‘याज्ञसेनी’ शीर्षकको उनको नाटक सन् २०१७ देखि अमेरिका तथा भारतका विभिन्न शहरहरूमा सुनिल पोखरेलको निर्देशनमा प्रदर्शन हुँदै आएको छ । पोखरेलका केही निबन्ध र अनुवादहरू प्रकाशित छन् । नेपाली, अंग्रेजी, मैथिली, हिन्दी, उर्दू, बंगाली भाषाहरूमा पकड भएका पोखरेल बहुभाषामा कलम चलाउँछन् । उनका कविताहरू अङ्ग्रेजीका साथसाथै स्पेनिस, इटालियन, फ्रेन्च, जर्मन, अरबी, फारसी, उर्दू, बङ्गाली र हिन्दी भाषामा अनुदित भएर विभिन्न देशबाट प्रकाशित भएका छन् ।

पोखरेलका कविताहरू जीवन र जगतका अनेक विचित्रताहरू बीच छिर्दछन् र तिनका लुकेका पक्षहरूको उद्घाटन गर्दछन् । उनका शव्द चयनको खेलले पाठकको मष्तिस्कमा मायवी चित्रहरू कोरिदिन्छन् । पोखरेलका गीतहरू साङ्गीतिक तथा काव्यिक विशेषताका कारणले विशिष्ट मानिन्छन् ।

'कवितामा मानव प्रेमको उत्कर्ष चाहिन्छ, कविता अभिव्यक्तिको उच्चतम माध्यम बन्नुपर्दछ, कविता स्वतन्त्रताका लागि लेखिनुपर्दछ । कविता न्याय, प्रेम र जीवनका वारेमा लेखिएको हुनुपर्दछ' भन्ने विचारका धनी सुमन पोखरेलका सिर्जनामा शालीनता छ । उनी शिल्प र कथ्य दुवै प्रकारले व्यक्ति वा समाजका पीडालाई पारदर्शी ढङ्गले प्रस्तुत गर्दै समाजलाई सुख, शान्ति एवम् आनन्दको अनुभूति दिलाउँछन् ।

कवि पोखरेल पुराना मान्यतालाई भत्काएर नयाँ मान्यता स्थापित गर्ने कविका रूपमा देखिन्छन् । उनको 'ताजमहल र मेरो प्रेम' शीर्षकको कविता यसको एक सशक्त दृष्टान्त हो । सो कवितामा उनले ताजमहलको विशालता र हालसम्म रही आएको मान्यतालाई कलात्मक तरिकाले चुनौती दिएका छन् । समीक्षक तथा समकालिन कविहरूले उनको सो कवितालाई ताजमहल जतिक्कै कलात्मक भनेर व्याख्या गरेका छन् ।

स्रोतः स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया - सुमन पोखरेल २८ अप्रिल २०१७

................................................................ ................................................................


सुमन पोखरेल परिचय (हिन्दी)

सुमन पोखरेल (जन्म २१ सितम्बर, १९६७) नेपाली कवि, गीतकार, अनुवादक तथा कलाकार हैं। उनकी रचनाएँ अन्तरराष्ट्रीय स्तर पर अनूदित एवम् प्रकाशित हैं।

मौलिक रचना तथा अनुवाद के माध्यम से साहित्य के क्षेत्र उनके योगदान के लिए उन्हे सन् २०१३ और २०१५ का सार्क साहित्य पुरस्कार प्रदान किया गया।

सुमन पोखरेल का जन्म २१ सितम्बर सन् १९६७ में मिल्स एरिया, विराटनगर, नेपाल में पिता मुकुन्दप्रसाद पोखरेल तथा माता भक्तादेवी के कोख से हुवा था

कवि सुमन पोखरेल पाँच साल की उम्र तक विराटनगर की बाल मन्दिर में प्रारम्भिक बालविकास के लिए दाखिला किए गए। सात साल की उम्र से वो अपने पुस्तैनी गावँ धनकुटा जिले का कचिडे मे अपनी दादीमाँ के साथ रहे। उनके दादा विद्यानाथ पोखरेल एक कवि तथा राजनीतिज्ञ होने के नाते नेपाली, हिन्दी और पौराणिक संस्कृत साहित्य से भरपुर दादाजी का पुस्तकालय के कारण वो छोटी सी उम्र से ही साहित्य से परिचित हुए। बाह्र साल की उम्र में वो फिर विराटनगर लौटकर अपने मातापिता के साथ रहने लगे। उनके मातापिता दोने अत्यन्त अध्ययनशिल होने के कारण पोखरेल को घर की वातावरण ने ही अध्ययन और साहित्य की तरफ आकर्षित किया।

पोखरेल ने त्रिभुवन विश्वविद्यालय, नेपाल से बी.एस्सी., एम.बी.ए. और बी.एल] की उपाधी हासिल किया है।

सन् १९९५ मे शाखा अधिकृत के रूप में नेपाल सरकार की निजामती सेवा में प्रवेश किए हुए पोखरेल ने सेवा त्याग कर के सन् १९९८ मे एक विकासकर्मी के रुपमा अन्तर्राष्ट्रीय संस्था प्लान इन्टरनेशनल से सम्बद्ध हो के कार्य करना शुरू किया।

'कविता में मानव प्रेम का उत्कर्ष होना चाहिए, कविता को अभिव्यक्ति का उच्चतम माध्यम बनना चाहिए, कविता स्वतन्त्रता के लिए लिखा जाना चाहिए। कविता न्याय, प्रेम और जीवन के लिए लिखा होना चाहिए' कहने वाले विचार के धनी सुमन पोखरेल की सिर्जना में शालिनता एक वैशिष्ठ्य है। वो शिल्प और कथ्य दोनो प्रकार से व्यक्ति वा समाज की पीडा को पारदर्शी ढङ्ग से प्रस्तुत करते हुए समाज को सुख, शान्ति एवम् आनन्द की अनुभूति कराते हैं।

कवि पोखरेल पुराने मान्यताओं को तोडकर नये मान्यताओं को स्थापित करने वाले कवि के रूप में जाने जाते हैं। उनकी 'ताजमहल र मेरो प्रेम' (ताजमहल और मेरा प्रेम) शीर्षक की कविता इसका एक सशक्त दृष्टान्त है।

स्रोतः मुक्त ज्ञानकोश, हिन्दी विकिपिडिया - सुमन पोखरेल २८ अप्रिल २०१७