Last modified on 20 अगस्त 2017, at 10:23

प्रेमोत्सव /अन्ना आख्मातोभा / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:23, 20 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= आन्ना अख़्मातवा|अन्ना आख्मातोभ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आऊ, वार्षिकोत्सव मनाऔँ
हाम्रो प्रेमको -
 
के तिमीले देखेनौ?
हेर त -
फर्किआएकोछ आज फेरि
हाम्रो पहिलो हिउँदको हिउँ फुलेको रात।
प्रत्येक बाटामा, हरेक रूखमा
हीरा झैँ चम्किलो
त्यही हाम्रो पहिलो जाडोको रात फर्किआएकोछ।
 
तबेलाहरूबाट पोखिएर
बाहिर निस्किरहेछ वाफ।
मोइका नदी डुब्दैछ हिउँभित्र,
जून मिथकहरूमा झैँ भिजेको छ ओसमा।
यसबेला हामी के गर्दैछौँ भन्ने केही होश छैन मलाई,
मार्सोभोमा खेलिरहेछन्‌ हिउँका ढिक्काहरू
हिउँका दानाको प्रेममा उन्मत्त छ लेब्याज्ह तलाउ।
यसबेलाको मेरो चित्तदशासँग
कसको मन दाँजिन सक्ला र !
भन्न सक्तिनँ म
मेरो हृदयको गहिराइभरि यस क्षण
आनन्द पोखिइरहेछ वा भय दौडिरहेछ !
 
यस रात
गुन्जिरहेछ मेरा कुम वरिपरि
कुनै कोकिल पक्षीको झैँ तिम्रो बोली।

तिम्रो प्रेमिल स्वरको न्यानो किरणले भिजेको हिउँ
चम्किरहेछ
चाँदीको चमक बोकेर।