Last modified on 20 सितम्बर 2017, at 15:23

अरु कसैको वेदना आत्मसात् गरेर / हरिभक्त कटुवाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:23, 20 सितम्बर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


[१९७१ सपना पाक-भारत युद्धमा विधवा भएका नेपाली युवतीहरुको नाउँमा]

कतै फेरि धावा चल्यो भन्ने सुन्छु
धेरै भयो सम्चार नआएको उनको
कतै त्यही धावामा पो परे कि ?

अचेल सपना पनि डरलाग्दा देख्छु
सँघारमा स्याल आएर रुन्छ
अर्कैको धावामा पर्नका लागि
यहाँ छोरा कसैले नपाए हुन्छ ।

के चुराहरुको रहर यत्ति नै हो?
सिउँदोको सिन्दूरको उमेर यत्ति नै हो?
यदि यत्ति नै हो भने फेरि कहिल्यै
न सिन्दूरै लाउँला न छोरो नै पाउँला ।