भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिसाइदेऊ यात्रा जिन्दगीको / हरिभक्त कटुवाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:57, 2 अक्टूबर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


अनुराधा !
आँखाभरि सपनाको गह्रुँ भारी बोकेर
प्रत्येक घुम्तीमा तिम्रो गति रोकिन्छ आफैँसित झस्किएर
हो, एक्लो मान्छेलाई यसको छायाँले पनि तर्साउँछ,
तिमीलाई त हिँड्ने रहर छ आकाङ्क्षाका सडकहरुमा
तिमीलाई त हिँड्ने‍ रहर छ घुम्तीविनाका सडकहरुमा
त्यसैले एउटा साथी चाहिन्छ तिमीलाई तिम्रो यात्राभरि,
रोकिँदैन उमेर थाकेका तिम्रा पैतालामा अल्झिएर
त्यसैले बिसाइदेऊ तिम्रो यात्रा कसैको अँगालोभरि ।

अनु ! घरका झ्याल-ढोका त्यसरी टम्म थुनेर
एकोहोरो ऐना नहेर ! ऐना नहेर !!
बैँस छेकिँदैन ऐनाको घेरामा बाँधिएर
फुत्किन्छ चोलाको बटनहोलबाट तिमीलाई छकाएर
बरु, शरीरको जम्मै भार त्यही कुर्सीमा छोडिदेऊ र
विश्रान्ति खोज
तिमीलाई एउटा भर चाहिन्छ तिम्रो जिन्दगी थेग्न सक्ने !
उघारिदेऊ बन्द रहेका झ्याल र ढोकहरु
तिमीलाई छोएर जाओस् बाहिरको हावाले पनि ।