समुद्रलहरी / वसन्त शर्मा लुइटेल
सुन सुन पाँच हो ! म केही भन्छू । समुद्रका लहरि झैं मनमा गुन्छु ।।
छोटा बडा सबल् भन् भन् भन्छू । कर्मविशेषको काज कहन्छु ।।
क्षत्रि र वैश्य ब्राह्मण जाहाँ । उत्पत्ति सबको यही लोकमाहा ।।
जन्मदिने भगवान् स्वरुप छ कस्तो । बलियो लीखत जस्ताको तस्तो ।।
लिखत् बुझदैन र मनमा गुन्छा । तालिवर हुनको सबको मन्छ ।।
सम्पवत्तिको शोकले दिनहुँ रुन्छ । भाग्यले दिएदेखि सबैकन हुन्छ ।।
दिन्यादिलाउँन्या धनि छन् जाहाँ । कर्मगति लेखिदियो सबैमा ताहाँ ।।
लेख्याको माइन्छ र नरमा आइन्छ । मीतिभरिभोग्गरी स्वर्गलोक जान्छ ।।
कर्मविशेषको संगति चाहिन्छ । गतिमुक्ति सबैको ताहिं पाइन्छ ।।
चैतन्य ज्योति छरकी न चिताउनू । साँचो र सत्यले धर्म चिताउनू ।।
लक्ष्मीको दृष्टिले जहाँसम्म पाउँछ । उसै बखत्मा धर्म पनि आाउँछ ।।
लक्ष्मी लडेपछि धन काहाँ पाइन्छ । धनविनु धर्म कसो गरी हुन्छ ।।
जाहाँ धरं छ र करं पनि ताहीं । कर्मकरतुत मीसिया नाही ।।
कर्म विनाको तर्जूक झूटो । जीवनभरी छुटतैन एहि मन्को भूटो ।।
चार जुग सबको येसै गरी जान्छन् । आजंबरी पाए झैं मनमा ठान्छन् ।।
नरमा नारायण्को खेल्ठूलो येहि हो । बखत चिन्यो भन्या ईक्क्वर तेहि हो ।।
'समुद्रलहरी' बाट उद्ड्ढृताँश