भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

श्रद्धाको फूल चढाई दिनु / रवीन्द्र शाह

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:17, 29 अक्टूबर 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


श्रद्धाको फूल चढाइदिनु आएर लाशमा
नपाए फूल भै गयो तिमी रोइ दिनु पासमा

संझन्छु मन छोएको तिमीले कमलो हातले
लुकाई राख आत्मा यो मेरो नहान पातले
दिनेछ सबै गवाही हाम्रो जुनेली रातले
नपाए फूल भई गयो तिमी रोइदिनु पासमा

मरेर के भो देह यो मेरो आत्मा त मर्दैन
पिरती चोखो लाएको भए बन्धन पर्दैन
प्रकृति फूल सुकेर झर्छ दिलको झर्दैन
नपाए फूल भई गयो तिमी रोइदिनु आशमा