Last modified on 12 नवम्बर 2017, at 19:21

किरो / आहुति

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:21, 12 नवम्बर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= आहुति |अनुवादक= |संग्रह= }} {{KKCatKavita}} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


किरा विशेषज्ञहरू
भन्छन्-
किस्मती किराहरू
सक्रिय हुन्छन्
पातमा बसे पातै
खान्छन्
डाँठमा बसे डाँठ।

परजीवी किराहरू
अल्छी हुन्छन्
जहाँ झुण्डिन्छन्
त्यही अंग खान्छन्
आन्द्रामा घुसे
आन्द्रै चुस्छन्
छालामा लुके छाला।

सुछ्म किराहरू
खन्चुवा हुन्छन्
तिनको पनि मूल स्वभाव
एउटै हुन्छ
रगतमा घुलेर रगतै
तान्छन्
खकारमा लुकेर खकार।

विशेषज्ञहरू भन्छन्-
किराहरू
आहारामा टास्सिन मन
पराउछन्
जुन चीजमा बस्छन्
त्यसैलाई खान्छन्

एक
जातिका किरा
अर्को प्रजातिलाई
निल्छन्
आफ्नै खलकभित्र
पनि मारकाट गर्छन् ।

आजभोली
किरा विशेषज्ञ
हैरान छन्

किनकि
धर्तीमा भेटियो किराको
नयाँ प्रजाति!

किस्मती किराहरूभन्दा
पनि सक्रिय!

परजीवी किराहरूभन्दा अल्छी!!

सुछ्म
किराहरूभन्दा खन्चुवा!!!

यो किराको प्रजाति
जहाँ जन्मिन्छ
जहाँ बसेर आराम गर्छ
जहाँ टास्सिरहन्छ
त्यो चीजलाई पटक्कै
खादैन
बरू त्यसलाई
सिंगारिरहन्छ!

अगाडि आइपुग्छ जब
अर्को किराको खलक
मान्छेले देख्दै
आएका किराहरूले झैं
त्यस किराले आक्रमण
गर्दैन
सतर्क भएर
मोर्चा सम्हाल्छ यसरी

मानौं ऊ
किरा जातिको रछ्यक
जर्नेल हो!!

विशेषज्ञहरू भन्छन्-

यो किराले मानिसको रगत
खुव मन पराउछ
गजब त यो छ कि
यसले नछोइकनै
मानिसको रगत चुस्छ

यसको स्वभाव माकुरासँग
मिल्दोजुल्दो छ
यस्का बच्चाले
पनि प्राय आमालाई
खान्छन्!

विशेषज्ञहरू
चिन्तित
छन्
मानिसको रगत यति बेगले
तान्दै छ यो किरो
लाग्छ नशाहरू क्रमस
खाली हुँदैछन्
रगत निख्रिएपछि के
खान्छ यो किरो?

सिङ्गै देश
अनि क्रमस पृथ्वी?

विशेषज्ञहरूले राखेछन्
यो किराको दुई नाम
वैज्ञानिक नाम हो-
जियान्ट
सी इन्सेक्ट-5000

बोलाउने नाम हो
कुर्सी किरो !!