Last modified on 13 नवम्बर 2017, at 11:15

बन्द गर सम्भोगहरू / बेञ्जू शर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:15, 13 नवम्बर 2017 का अवतरण (Sirjanbindu ने बन्द गर सम्भोगहरू / बेन्जु शर्मा पृष्ठ बन्द गर सम्भोगहरू / बेञ्जू शर्मा पर स्थानांतरि...)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सम्पूर्ण हावामा बारुदको गन्ध फैलिएको बेला
चिसा खोलाहरू, नदीहरू
तातो रगत भएर बहेको बेला
मानिसको मनभित्र
आगोका बीउहरू रोपिएर
आगोहरू सुन्तलाका बमगोला भएर
विवेकहरू विचलित भएर
पाशविकता नै पुरुषत्व भएको बेला
परीक्षाको हरप्रश्नका उत्तरहरू
गलत लेखिएको बेला
एल. एस. डी. को लागूले
युग चक्कराइरहेको बेला
चेतना विचेत भएको
सोझा, निर्दोष, निश्छल नौजवानका लासहरू
यत्रतत्र पारिजातका फूलझैँ झरेको बेला
सृजना र सृष्टिलाई नै
हाँक दिइएको बेला
के जन्माउनु सन्तानहरू ।
आगलागीमा
चरु बनाउनका लागि ?
गोलीको होलीमा
चीरदाह गर्नका लागि ?

ए । सम्पूर्ण महिलाहरूहो।
बन्द गर कोखहरू
अब कुनै बच्चाहरू
लोरी सुन्दै झोलुङ्गामा झुल्नेछैनन्
यो नपुंसक समयसँग
बन्द गर सम्भोगहरू ।