भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गन्तब्य बर्ष .. / दिलिप योन्जन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:59, 1 दिसम्बर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिलिप योन्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


नँया अभिलाषा र उमंग
कल्पनामा रमाउंदै…….. हराउंदै……….
बिश्वको अग्लो सगरमाथा
भगवान बुद जन्मेको देश
सुन्दर सपना स्वच्छ हावापानी
नदिनालाले सजिएको
झर्ना र पहराले सिगारीएको
चाँदी झै टल्किदै पग्लने हिमाल
भाबनामा डुब्दै …………. उत्रदै…………….
आकास माथि माथि उड्छ पर्यटक
स्वार्गको देश नेपाल…………… नेपाल हेर्न।

प्लेन बस्छ, यात्रु ओर्लन्छ
झोला र सुटकेसमा झगडा
हेर्छ छक्क परेर एकोहोरो पर्यटक
देशको इज्जत ……………. राष्ट्रको गौरब
अभावको धरातलको खाल्डो
पाइला नसार्दै, खाली खुट्टा
फुङ अनुहार उडेको……….. भित्री ज्वरोले
ओठ कलेटी परेको भोकले
बोल्न नसकी नसकी अबोध बालक
One dollar please………… hungry Sir……….
धनाढ्य यात्रु हेर्छ एकोहोरो
दुधे बालकको जन्ति
One dollar please…………
ट्याक्सी चढेर हेर्छ जात्रा
पछाडी फर्कि फर्कि ।

होटलमा कल्पन्छ …….. सम्झन्छ
भोक-भोकै होला कति रोगी
आँखा भरी-भरी कचेरा बोकेर
ओठभरी रयाल च्यापेर
हिड्न नसकी-नसकी माग्ने बालक
आँखा भरि भरि सपना बोकेर
कन्टेनरमा भोक मेट्छ
प्लास्टिक बटुल्छ
अधुरो यात्रा सँगै
पाटी, पौवा, सडक र पेटीमा
कक्रिन्दै …. पग्लिन्दै बोरामा बेरिन्दा
आकाश रोयो…………… धर्ति हल्लियो
देख्दा पर्यटक…………. कुद्छ भोकले मतेर
भुइ र पेटीमा लड्दै-पड्दै
अल्मलिन्छ आश्या र बिश्वासहरु
सुक-सुकाउछ चोक र गल्लीमा
काहाली लाग्दो सडक र समाज
भोक पस्किएर हावा खादा ।

पर्यटक सगरमाथा चड्छ…….झर्छ…….
माछापुच्छ्रे कननजंगा हेर्छ
मोती जस्तै कन्चन हिउँहरु
पग्लिन्दै बग्छ कल-कल
फेवाताल र रुपातालमा खेल्छ
रमाउदैन…….. हास्दैन दुखी पर्यटक
आँखा भरि हिमालमा नाङै तस्बिर
हावा सग-सगै गुन्जिएको भोका आवाज
सताइरहन्छ……..जलाइरहन्छ…………
बुदको देश सगरमाथा यस्तो
खोलै-खोलाको देश अन्धकार
पाटी त पौवामा लडेका दुधे बालक
राल र सिंगानको पोष्टर बिक्रि ।

हरेक बर्ष आँउ,…….. गन्तब्य नेपाल
स्वागत छ…….सत्कार छ…………
प्रत्येक बर्ष फरक-फरक अनुहार देख्नेछौ
बाँच्ने आसै-आसमा कति रोगले लगे
खानै नपाई कतिलाइ भोकले लगे
आफ्नो मलामी आफै जान्छ बालक
न आँखामा आँशु छ…….. न रोदन
पाउने छौ थरी-थरी देख्न
कतै खुट्टा हराएर बैशाखी
थुप्रै साथ हराएर बेवारिस
हरेक बर्ष आँउ……… नेपाल हेर्न
जिउने साहरा बन भोका-नाङा बिच
भोको नाङो तस्बिर नबेच
गरीब दुखिको मज्जा नउडाउ
फोहोरै फोहोरको धरहरा
गु-घरीको घन्टाघर नहेर
राष्ट्र र राष्ट्रियता माथि खेलबाड नगर
नेपाल र नेपालीको बद् नाम नगर
हरेक बर्ष आँउ……… नेपाल हेर्न
श्वागत छ ………….. न्यानो माया छ
नेपालीहरुको