Last modified on 27 मार्च 2018, at 10:08

चिहानबाट बौराउन खोजिरहेको सुँगुर / विमल गुरुङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:08, 27 मार्च 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


यो अझ चिहानबाट बौराउन खोजिरहेछ
यसको ठिक छैन चाला
यसको छाला बाहिरबाट काला
भित्र पनि काला
मरिसक्यो भनेको त
अझ रहेछ यसको ढुकढुकि
कस्तो ज्याद्रो रहेछ यो साला
यसलाई अब कहिल्यै नउठ्ने गरेर घोच्नुपर्छ
मान्छेहरु !
खोई,
यता लेऊ भाला ।