भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तातिन देऊ / विमल गुरुङ
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:32, 27 मार्च 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)
सुनेर तिम्रा शब्दहरु
तातिइरहेछ
तातिनदेऊ
एकक्षण नबोल केहि
मलाई मेरो कमजोरी
सोच्न देऊ
टाउको तातिनदेऊ
दुष्ट हनुमानहरुलाई
पबित्र प्रमाणीत गर्न खोज्ने
तिम्रा निष्पट काला प्रयत्नहरु सुनेर
आँखाबाट
आगोका खोलाहरु
बग्न खोजिरहेछन्
सक्दो
म
बग्न खोजिरहेका
आगोका खोलाहरुमाथि
प्रतिबन्ध हालिरहेछु
म छिटोछोटो आँखा फड्फडाउँदै भित्ता ओच्छ्याइरहेछु
मुख बन्द छ
तिम्रा जाली शब्दहरु सुनेर
अवाक छु
म आफ्नै टाउकोभित्रको
सेतो बोसोसित अवाक छु
पर्ख !
भयो, भयो मचेनजी
तिम्रा तर्कहरु सशक्त छन्
तिम्रा तर्कहरु अकाट्य छन्
सुनेर
तिम्रा शब्दहरु
तातिइरहेछ टाउको
नबोल मसंग अब एकक्षण ।
मलाई मेरो टाउको तातिन देऊ
मचेनजी !
मलाई
अकक्षण
आगो तात्तिन देऊ ।