भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मृत्युशैयाबाट / विमल गुरुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:41, 27 मार्च 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मेरो मृत्युपछि तपाई कुनै त्यस्तो आत्महत्या नगर्नु होला
मैले के अपराध गरेको थिएँ
रोटिको लागि जुधेको थिएँ
मेरो के अपराध थियो?

मेरो मृत्युपछि तपाई कुनै त्यस्तो आत्महत्य नगर्नुहोला
मेरो बाटोमा जो जो हिंडिरहेछन्
मलाई लाग्छ
ती सब छोरा हुन् तपाईकै
मलाई लाग्छ
मेरो मृत्युबाट तपाई पुत्रविहिन हुनु हुनेछैन
तपाईंका हजारौं छोराहरु छन्
तपाईलाई कस्ले भन्छ?
पुत्रबिहिन हुन लाग्नु भएको छ ।

मेरो मृत्युबाट तपाई कहिल्यै हतास नहुनु होला
मेरो हत्यारा को हो, तपाईलाई थाहा छ
साथ दिनोस् मेरा जिउँदा आत्मीय साथिहरुलाई
जो चाहन्छन्
चुक्ता गर्न मेरो खूनका एकएक खूनको हिसाब ।

मेरो मृत्युपछि
तपाईं पूर्जा खुस्किएको गाडी बन्नु भयो भने
मेरो मृतक मन रुनेछ
जो भुमिरहेका हुनेछन् मेरै घर वरिपरि ।

कायर आँसु नझार्नुहोस मेरो अगाडि यसरी आमा!
हाँस्नेछन शत्रुहरु
तपाईको प्रत्येक आँसुका थोपा त
तातो लाभा भएर हवेलीहरुतिर सोझिनु पर्छ
तपाईंको आँखाबाट त
तपाईको छोराको हत्यारालाई भस्म गर्ने
प्रचण्ड ज्वाला बग्नु पर्छ
म अब धेरै बाँच्दिन होला आमा !
लागिरहेछ
मृत्यु झन् झन् छेउछेउ भइरहेछ
पोलिरहेछ गोली लागेको घाउ
आमा बिदा !
साथिहरु !
बिदा लाल सलाम !