गौंथलीले खसालेको म हूँ त्यान्द्रो परालको,
परन्तु नटुवा हूँ म असीमित अकासको !
हुरीको नै इशारामा जीवनबाट नाचको
प्वाँख फुकी अकासिन्छ झर्ना झर्दछ गीतको !
म सीमित छु, यो गीत हुनुपर्छ असीमित
देख्दछु जड पर्यन्त जताततै उमंगित !
यसै कारण हावाको आशालाई म मान्दिन
वसन्त, ग्रीष्म औ वर्षा साथै यो रात यो दिन !
देखेकोछु म जस्ताकै नाच देखी खुशी भई,
स्वर्गले तल छर्केको सुु्स्वादिलो सुधा पिई,
त्यसैको धारमा पौडी म जस्ता तिनका पनि
पसेको छ डुवेकाको निम्ति आश्रय नै बनी !
म पनि नाच्छु पीयूष नसर्सुञ्जेल हुरी संगै,
चराले पनि माग्नेछ अनि आश्रय नै संगै !
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)