Last modified on 13 जुलाई 2018, at 09:05

उसको काममा खटाउँछ / गोबर्धन पूजा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:05, 13 जुलाई 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोबर्धन पूजा |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


समयले हामीलाई उसको काममा खटाउँछ
मन परेसम्म राख्छ नचाहदा हटाउँछ

गाउनु पर्छ जीवन गीत लाउनु पर्छ मायाप्रित
सधै सधै यही कुरा पढाउछ रटाउँछ

मनलाई जलाउछ नयनलाई भिजाउछ
डढाउदै भिजाउदै जिन्दगीलाई फटाउँछ

चाहिदैन भन्दा पनि दिदै जान्छ धेरै कुरा
जति दिन्छ हिसाब राख्छ कालांतरमा कटाउँछ

हिसाबको ज्ञाता हो ऊ छोड़दैन कत्ति शेष
शुन्ना शुन्ना जोड़ गरि आयुबाट घटाउँछ