Last modified on 14 अप्रैल 2020, at 18:53

कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो / नोर्देन रुम्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:53, 14 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नोर्देन रुम्बा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो
त्योलजालू आँखाले मलाई नछोएको भए पनि हुन्थ्यो
यसै पनि रुखो छ जिन्दगी, उसै पनि फिका जिन्दगी
त्यो मुस्कानको रङ्ग मलाई नपोखेको भए पनि हुन्थ्यो

बल्झिएर मैले धेरै पाइलाहरू हिँडिसकेँ
सल्किएर मैले धेरै आगोहरू तरिसकेँ
हिँड्दाहिँड्दै दोबाटोमा तर मायालू आज कतै
कहीँ तिम्रो कदमहरू नसुनेको भए पनि हुन्थ्यो
यसै पनि रुखो छ जिन्दगी, उसै पनि फिका जिन्दगी

म जमेँ पनि अरे हृदयको कुनातिर
म जलेँ पनि अरे शीतझैँ हरियो मुनातिर
तिम्रो नशालू ओठदेखि यो विरान जिन्दगीमा
कहीँ कतै एकान्तमा नहाँसेको भए पनि हुन्थ्यो
यसै पनि रुखो छ जिन्दगी, उसै पनि फिका जिन्दगी