भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कसरी मानून् / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:49, 15 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आफ्नै-आफ्नै गुण हुन्छ
काँढा र फूलको !
 
आफ्नो ठाँउबाट सरेपछि पनि
फूल !
फुलिदिनसक्छन् अरूको निम्ति
बरु सर्नुपरेपछि अन्यत्र
घोचिनुपर्दोरहेछ फूलहरूले
 
सोच्छन्-
काँढा नभएको भए
फूल
फूल हुने थिएन
जसरी रात नभएको भए
दिन
दिन हुने थिएन
 
फूलहरू फुल्छन्, फुलिरहन्छन्
काँढाहरू घोच्छन्, घोचिरहन्छन्
माया गर्न जानेको छ फूलले काँढालाई
आफै सहेर घाउहरू
अँगालिन्छन् काँढाहरू
फूलको पहरामा काँढा
झन् तिखार्छन् आफ्ना टुप्पाहरू
काँढालाई दोष दिँदैनन् फूलहरू
विद्रोह गर्दैनन्
बरू सुरक्षित ठान्छन्
काँढाका माझमा आफूलाई
 
लाग्छ कोपिलाहरू अब
विद्रोह गर्नेछन्
सर्न मान्नेछैनन् आफ्नो बारीबाट अन्यत्र
कसरी मानून् ?
कहिल्यै देख्न नपएपछि
आमाको ओठमा हाँसो !
 
साँच्चै फूल हुन त्यत्ति सजिलो कहाँ छ र !