भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नेपाली हो नाउँ / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:41, 28 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


एकै थरी जाति हामी एउटै पर्योप गाउँ
घर हाम्रो नेपाल हो नेपाली हो नाउँ ।

कोही आयौँ धेरै अघि कोही पछि आयौँ
जुन दिन यो धर्तीमाथि पाइला टेक्न पायौँ
त्यही माटो मुटु हाम्रो सम्झिदिन्छौं हामी
चासो हाम्रो यौटै थियो पार्नु सधैँ नामी ।

जाति धर्म लिङ्ग नीति सबैभन्दा माथि
शुद्ध हामी नेपाली हौँ नबिर्सने जाति
यौटालाई पीर पर्दा अर्को पनि रून्थ्यौँ
सँगै हाँस्थ्यौँ सँगै खेल्थ्यौँ सबैसँग हुन्थ्यौँ ।

त्यो बानीमा आज किन शङ्का सल्बलाउँछ ?
कतैबाट दुर्गन्धको हस्को उठी आउँछ
बेलैमाथि होसियारी गर्ने गरौँ राम्रो
वैरताले भलो हुन्न कतै पनि हाम्रो ।
मायाप्रीतिका छाल कविता सङ्ग्रहबाट